प्रहरी र वकिलको आँखा छलेर भाग्न खोज्दा
म्याद थपका जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएका एक जना प्रतिवादी प्रहरीकै सामुन्ने भाग्न खोज्दा लडेर घाइते भएका छन् ।
काठमाडौँको भद्रकाली,माइतीघर मण्डलास्थित सरकारी वकिल कार्यालयको तेस्रो तल्लाबाट हाम फालेका थुनुवा घाइते भएका हुन् ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार चोरीको मुद्धामा पक्राउ परेका ती थुनुवालाई आज म्याद थप प्रक्रियाको लागि अपराह्न ४ बजेतिर सरकारी वकिलको कार्यालयमा लगिएको थियो । तर, उनले प्रहरी र सरकारी वकिलहरुको आँखा छलेर भ…