शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली
पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित रामदेनी तिवारी आधारभूत विद्यालयका शिक्षक चन्देशकुमार चौहानविरुद्ध मुद्दा दायर भएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । चौहानले २०६० मंसिर ५ गते निमावि तृतीय श्रेणीअन्तर्गत अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति पाएका थिए ।
तर, नियुक्तिका क्रममा उनले पेश गरेको अंग्रेजीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्…