श्रीमतीहरुमाथि निर्मम प्रहार
चितवनको भरतपुरमा हिजो दुई ठाउँमा श्रीमानले श्रीमतीलाई कुटेर घाइते बनाएका छन् । भरतपुरको वडा नं. १८ र १९ मा छुट्टाछुट्टै घटना भएको हो ।
पहिलो घटना दिउँसो सवा १२ बजेतिर भएको थियो– भरतपुर–१८, जगतचोक बस्ने ४१ वर्षीय खेम ओझाले आफ्नै श्रीमती वर्ष ३० की शान्ति ओझालाई दाउराको चिर्पटले टाउकोमा हान्दा श्रीमती ओझा घाइते भएर गुन्जनगर स्वास्थ्य चौकी भुवनबस्तीमा उपचार भइरहेको बताइएको छ । उनको उपचारमा सासू दुर्गादेवी ओझा संलग्न रहेको र कुटपिट गर्ने श्रीमान प्रहरी नियन्त्…