आफ्नै बोलीमा नअडिएपछि विवादमा बालेन
भन्ने एउटा, गर्ने अर्को ! नेपाली राजनीतिक प्रणालीमा परम्परादेखि चलिआएको चलन हो यो । पुराना नेताले झुठ्ठो बोलेर जनता झुक्काएको भनेर आलोचना गर्दै राजनीतिमा प्रवेश गरेका नयाँ अनुहारहरु पनि त्यहीँ बाटो हिँडेका छन् । यसको जल्दोबल्दो उदाहरण हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअघि उनले एउटा अन्तरवार्तामा काठमाडौंमा टेक्नोलोजीचाँहि टोकियो र आर्किटेक्चरचाँहि भक्तपुरको जस्तो बनाउने भनेका थिए । त्यसैगरी, उन…