पाठकपत्र

ज्वाईंलाई छोरो बनाउँदाको जोखिम

झूठो विवरण पेस गरी पोखरा– १० को ठेगानामा नागरिकता लिएका मोरङका मिलन परियार र उनलाई सहयोग गर्नेहरुलाई कास्की प्रहरीले समातेको छ । परियार र साक्षी बसेका पोखरा– १० का सम्मरबहादुर श्रेष्ठ, मनवीर गुरुङ, तत्कालीन वडासचिव नवराज थापा र मिलनकी सासूआमा मनकुमारी परियारसहित आठ जना पक्राउ परेका हुन् । श्रेष्ठ अहिले वडासदस्य छन् भने गुरुङ पूर्ववडाध्यक्ष हुन् । मिलन परियारले सासू मनकुमारीको सहयोगमा नागरिकता बनाएका थिए । पति धनजित विदेशमा भएका बेला २०७० साल पुस १७ गत…