किन बनाएको गोप्य महिला समूह ?
अमेरिकी नागरिक मिसेल अलेक्जेंद्रा वेल्सविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । बिजनेस भिसामा बसेकी मिसेलले आफू नेतृत्वको संस्थाबाट अवैधानिक तवरले रकम उठाएको आरोप लागेको हो ।
उनको नेतृत्वमा पोखरा न्युरोडमा लर्निङ हाउस प्राइभेट लिमिटेड सञ्चालित छ । मिसेलले ‘खाता लाइफ’ नामक वेबसाइटमार्फत समाजसेवाको नाममा ७ लाख अमेरिकी डलर (८ करोड नेपाली) उठाइसकेको उनकै व्यक्तिगत वेबसाइटमा उल्लेख छ ।
मिसेलले २ वर्षयता दर्जन बढी कार्यक्रमसमेत आयोजना गरिसकेकी छन् । उनले आयोजना…