अचम्मको अवस्था आइलाग्यो
केही दिनअघि पुष्पलाल चोकबाट चारबाहिनी चोकतिर आइरहेको थिएँ । ठ्याक्कै धम्बोझी चोकको बीच सडकमा अधबैंशे पल्टिरहेका थिए, उनकी अर्धांगिनी खुट्टा मिचिरहेकी थिइन् भने ती पुरुष चुरोटको सर्काे तान्दैै थिए । रिस उठ्यो । नजिक गएर त्यो दृश्य कैद गरें र के रहेछ भन्ने बुझें । ती पुरुषको पेटमा घाउ रहेछ । छेउछाउमा अलि, अलि रकम देखिन्थ्यो । जोडी सहयोगको अपेक्षामा थियो ।
सडकमा सुताएर सहयोग माग्नु पनि बाध्यता होला । श्रीमतीको अनुहार हेर्दा लाग्थ्यो, उनी साहै्र पीडामा छिन्, उसो त बि…