रोचक प्रसङ्ग

​सुनको शौचालय

जापानीहरू शौचालय सजाउनमा सौखिन हुन्छन् । खुब माया गर्छन् । त्यसैले मारितोमो नामकी महिलाले किताब नै लेखिन्, ‘जापानी शौचालय र अन्य ।’ किताब लेख्नुअघि मुलुकभरिका आठ सय शौचालय घुमिन् र देखेकामध्ये १० उट्पट्याङखाले शौचालयबारे लेखिन् । यसक्रममा एउटा सुनको शौचालयबारे उल्लेख गरेकी छन् । दिसा र पिसाब गर्ने कमोड दुवै १८ क्यारेटको सुनद्वारा निर्मित । उनी लेख्छिन्, ‘अमेरिकी राष्ट्रपतिले जापान भ्रमण गर्दा काबुकिचोस्थित यो शौचालयमा अवश्य एकपटक छिर्ने छन् । किनभने डोनाल्ड …