कारबाहीको कैँची चलाइएकालाई खेल्न बोलाइयो
नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेलका लागि प्रारम्भिक चरणमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
मुख्य प्रशिक्षक पुबुदु दसानायके नेपाल आएको तेस्रो दिनमा नै क्यानले ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । जसमा क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी पनि छन् ।
त्यस्तै, राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गरिरहेका शरद भेषवाकर, भीम सार्की, प्रदिप ऐरी, राजेश पुलामी, नन्दन यादव, जितेन्द्र मुखिया,…