बैंगलोरतर्फ उडिरहेको नेपाल वायुसेवाको विमानमा चरा ठोक्कियो, काठमाडौंमा आकस्मिक अवतरण
काठमाडौंमा आकस्मिक अवतरण काठमाडौंबाट भारतको बैंगलोरतर्फ उडेको नेपाल वायुसेवा निगमको विमानमा चरा ठोक्किएको छ ।
सर्लाहीको आकाशमाथि पुगेपछि आरए २२५ उडानको विमानमा चरा ठोक्किएको बताइएको छ । ए ३२० विमानमा १५४ जना यात्रु थिए । पौने २ बजे बैंगलोरतर्फ प्रस्थान गरेको विमान सर्लाहीबाट मोडिएर काठमाडौं आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि प्राविधिक जाँच भइरहेको जानकारी दिइएको छ ।
विमानमा कुनै क्षति नभएकाले प्राविधिकहरुले उडान योग्य प्रतिवेदन दिएपछि पुनः …