बैंगलोरतर्फ उडिरहेको नेपाल वायुसेवाको विमानमा चरा ठोक्कियो, काठमाडौंमा आकस्मिक अवतरण

बैंगलोरतर्फ उडिरहेको नेपाल वायुसेवाको विमानमा चरा ठोक्कियो, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौंमा आकस्मिक अवतरण काठमाडौंबाट भारतको बैंगलोरतर्फ उडेको नेपाल वायुसेवा निगमको विमानमा चरा ठोक्किएको छ ।

सर्लाहीको आकाशमाथि पुगेपछि आरए २२५ उडानको विमानमा चरा ठोक्किएको बताइएको छ । ए ३२० विमानमा १५४ जना यात्रु थिए । पौने २ बजे बैंगलोरतर्फ प्रस्थान गरेको विमान सर्लाहीबाट मोडिएर काठमाडौं आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि प्राविधिक जाँच भइरहेको जानकारी दिइएको छ ।

विमानमा कुनै क्षति नभएकाले प्राविधिकहरुले उडान योग्य प्रतिवेदन दिएपछि पुनः बैंगलोर उडानको तयारी थालिएको छ । उक्त उडानबाट बौद्ध धर्मगुरु ग्याङखाङ टुल्कु रिम्पोछे पनि बैंगलोर जाँदै थिए ।

टिप्पणीहरू