बुटवलमा रोयल इन्फिल्ड क्लासिक ३५०
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.को यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठान प्रा. लि ले क्लासिक ३५० सिङ्गल्स एडिसन बाइक बजारमा ल्याएको छ । बुटवलको कालिकानगरमा गैरे प्रतिष्ठान प्रा. लि.का अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मी गैरेले सँयुक्त रुपमा उक्त बाइकको बिक्री शुभारम्भ गरेका हुन् ।
३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पोस्ट वार जी टु मोडेलको मोटरसाइकलको रुपमा लिइन्छ । यो मोटर साइकल सिङ्गल्स एडिसन डेजर्ट स्ट्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने सञ्चालक सदस्य प्रवेश राज गैरेले बताए । मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, साथै बलियो टर्क र अझ भरपर्दो सवारी अनुभव प्रदान गर्नुका साथै फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन सिट प्याडिडले शहरभित्र र लामो यात्रामा यात्रुलाई आरामदायी हुने पनि गैरेले बताए ।
नयाँ एगोंनोमिक्स, ग्रिप्स, रोटरी सिच, इन्फो स्थिच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर उपलब्ध भएको उक्त मोटर साइकलको बजार मूल्य पाँच लाख ५५ हजार ६०० रुपैयाँ रहेको वरिष्ठ प्रबन्धक धु्रव सापकोटाले बताए । बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक सँग ट्वीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक सँग सिङ्गल पिस्टन फ्लोटिङ्ग क्यलिपर रहेको सापकोटाले बताए ।
गैरे प्रतिष्ठान प्रालिले विगत दुई वर्षको अवधिमा रोयल इनफिल्ड हण्टर तीन सय ५०, रोयल इनफिल्ड हिमालयन स्क्रयाम चार सय ११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि बुटवलमा ल्याइसकेको छ ।
टिप्पणीहरू