क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा चार जनाको चर्चा
माेहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्यनिष्ट पार्टीको एकता महाधिवेशन आजबाट काठमाडौँमा शुरु भएको छ ।
नेकपा (बहुमत) र नेकपा मसालको बिद्रोही पक्षसँगको पार्टी एकीकरणपछि हुन लागेको पहिलो महाधिवेशनको संयोजक वैद्यले न्यूरोडस्थित भूगोल पार्कमा दिउँसो उद्दघाटन गर्दैछन् । त्यसअघि महाधिवेशन प्रतिनिधिहरुले शान्तिबाटिकामा जम्मा भएर जुलुस निकाल्ने तयारी गरेका छन् ।
मंसिर २३ गतेसम्म चल्ने महाधिवेशनले संयोजक वैद्यको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने र त्यसउपर छलफल हुनेछ । त्यसबाहेक बन्दसत्रमा पार्टीको विचारधारासम्बन्धी १५ वटा दस्तावेज पेश गरिने जनाइएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । मुख्य नेतृत्वका लागि वैद्यसहित हेमन्तप्रकाश वली, सन्तराम नेपाली र हरिभक्त कँडेल दाबेदार रहेको चर्चा छ ।
टिप्पणीहरू