रविको फोटोसहित ज्वाला संग्रौलाको टोली सडकमा
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता आज पनि सडकमा ओर्लिएका छन् ।
केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा सो पार्टीका नेता-कार्यकर्ता माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् । रविको फोटोसहित प्रदर्शनमा निस्किएका उनीहरुले ‘राजनीतिक प्रतिशोध बन्द गर', 'रवि दाइलाई रिहा गर', 'रवि दाइलाई न्याय दे' लेखिएका प्लेकार्ड देखाएका छन् ।
लामिछाने गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । सोही दिन पोखरा पुर्याइएका उनीविरुद्ध ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान भैरहेको छ ।
तर, रास्वपाले भने सरकारले राजनीतिक प्रतिशोध साध्न आफ्ना सभापतिलाई झूठा मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै विरोध प्रदर्शन गर्दै आएको छ ।
टिप्पणीहरू