प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री चीन प्रस्थान

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री चीन प्रस्थान

 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जानुभएको छ । उहाँ आज मध्याह्न सिचुआन एयरलाइन्सको उडानमा छेन्दुङ प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि चीन जानुभएकी परराष्ट्रमन्त्री राणाले भोलि समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने तालिका छ । चीन उड्दै गर्दा उहाँले बिआरआईबारे सत्तारुढ नेपाली काँग्रेस र एमालेबीच बिमत्ति नरहेको दाबी गर्नुभयो । 

विआरआई अनुदानकै रुपमा सम्झौता हुने बताउँदै उहाँले त्यसका लागि गृहकार्य भैरहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । सरकारले भ्रमणको तयारीको सम्पूर्ण जिम्मा सम्पूर्ण जिम्मा परराष्ट्रमन्त्री राणालाई दिएको छ ।

टिप्पणीहरू