पूरा होला कोशीका उद्योगीहरुको माग ?
-आशिका लम्साल
कोशी प्रदेशका उद्योगीहरुले आगामी बजेटमा आफ्ना माग पूरा गरिदिन सरकारसँग आग्रह गरेका छन् । बारम्बार दोहोर्याउँदै आएको माग पूरा गरिदिन उनीहरुले संघीय सरकारलाई यो वर्ष पनि गुहारेका हुन् ।
लामो समयदेखि एकै किसिमको माग राख्दै आएका उद्योगीहरुले आगामी नीति, कार्यक्रम तथा बजेटमार्फत् आफ्ना समस्या समाधान गरिदिन अनुरोध गरेका हुन् । दोहोरो अंकको ब्याजदर घटाउनुपर्ने, निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्नुपर्नेलगायत माग उनीहरुको छ ।
ब्याजदर एक अंकमा झा…