सुडानका ३० जना नेपाली सम्पर्कमा, डेढ दर्जन साउदी अरेबिया पुगे
नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले सुडानको पछिल्लो द्वन्द्वमा परेका नेपाली नागरिकको सुरक्षा र उद्धारको निरन्तर प्रयास भइरहेको जानकारी दिएको छ ।
इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरुसँग सम्पर्क गरी उनीहरुको विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको जनाइएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म ३० जना राजदूतावासको सम्पर्कमा आएका छन्…