चीनको कार्बन शुन्य पहिलो गाउँ
चीनले ग्रामीण बस्तीलाई पनि कार्बन शुन्य बनाउने रणनीति अपनाएको छ । त्यसैको परिणाम अहिले उत्तरी चीनको शान्सी प्रान्तको चुआङशाङ गाउँमा देखिएको छ ।
चुआङशाङ चीनको पहिलो कार्बन शुन्य गाउँ घोषणा गरिएको छ । यो घोषणा चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय, युएनडीपी र ग्लोबल इन्भाइरमेन्ट फेसिलिटीले संयुक्त रुपमा गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
चीनले ग्रामीण क्षेत्रलाई हरित विकासको अवधारणामा ढाल्दै पछिल्ला केही वर्षदेखि नवीकरणीय ऊर्जाको प्रयोगमा व्यापक जो…