चीनको कार्बन शुन्य पहिलो गाउँ

स्रोत ; सिन्ह्वा ।

चीनले ग्रामीण बस्तीलाई पनि कार्बन शुन्य बनाउने रणनीति अपनाएको छ । त्यसैको परिणाम अहिले उत्तरी चीनको शान्सी प्रान्तको चुआङशाङ गाउँमा देखिएको छ । 

चुआङशाङ चीनको पहिलो कार्बन शुन्य गाउँ घोषणा गरिएको छ । यो घोषणा चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय, युएनडीपी र ग्लोबल इन्भाइरमेन्ट फेसिलिटीले संयुक्त रुपमा गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

चीनले ग्रामीण क्षेत्रलाई हरित विकासको अवधारणामा ढाल्दै पछिल्ला केही वर्षदेखि नवीकरणीय ऊर्जाको प्रयोगमा व्यापक जोड  दिएको छ । नवीकरणीय ऊर्जामा मुख्य गरेर सौर्य ऊर्जालाई महत्व दिएपछि पछिल्लो नतिजा प्राप्त भएको बताइन्छ ।

उक्त गाउँमा शुन्य कार्बनको नीति सन् २०१९ को मार्चदेखि लागू गरिएको हो । त्यसपछि ग्रामीण बासिन्दाले सौर्य ऊर्जाको व्यापक प्रयोग गर्न थालेका हुन् । सवारी साधनदेखि घरायसी र कृषिमा प्रयोग हुने प्रविधि र साधनमा समेत सौर्य ऊर्जाको प्रयोग गरिएको बताइएको छ ।

 

टिप्पणीहरू