गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवाको ट्वीनअटर

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवाको ट्वीनअटर

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान अवतरण गरेको छ । ‘परीक्षण उडान’ अन्तर्गत नेपाल वायुसेवा निगमको ९ एन एबिटी कल साइन भएको विमानलाई आज बिहान अवतरण गराइएको बताइएको छ ।

क्याप्टेन मनेश विष्टको चालक दलले उक्त परीक्षण उडान गरेका हुन् । अब निगमले काठमाडौंबाट नियमित उडान गर्ने जनाइएको छ ।

काठमाडौंबाट बिहान साढे ६ बजे उडेको विमान ७ बजेर २० मीनेटको समयमा रेसुङ्गा पुगेको हो । यसअघि २०७५ जेठमा तारा एयरको विमानले कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो । विमानमा नागरिक हवाई उड्डयन प्राधिकरणका कर्मचारीसहित १० जना काठमाडौंबाट त्यता गएका हुन् ।

काठमाडौंबाट गुल्मीसम्मको उडान भाडा एकतर्फी ६ हजारभन्दा बढी हुने प्रारम्भिक जानकारी दिइएको छ ।

टिप्पणीहरू