भारतीय प्रधानमन्त्रीको ‘मनका कुरा’ राष्ट्र संघमा प्रशारण हुँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मनकी बात’ को पछिल्लो श्रृंखला संयुक्त राष्ट्र संघमा प्रशारण गर्न लागिएको छ । राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा उक्त श्रृंखलाको १०० औं भाग प्रशारण गर्न लागिएको बताइएको छ ।
राष्ट्र संघका लागि भारतीय स्थायी प्रतिनिधिको कार्यालयले जनाए अनुसार प्रधानमन्त्री मोदीको मनको बात श्रृंखलाको १०० औं भाग लाइभ प्रशारण गर्न लागिएको हो । भारतको विकासबारे प्रधानमन्त्रीको धारणा पछिल्लो ९९ महिनादेखि भारतीय राष्ट्रिय सञ्चारमाध्यमबाट प्रशारण हुँदै आएको छ ।
उक्त श्रृंखलाको पहिलो भाग सन् २०१४ को अक्टोबार ३ का दिन रेडियोमा प्रशारण भएको थियो । भारतीय स्रोताहरुलाई श्रृंखलामा व्यक्त प्रधानमन्त्रीको मुलुकबारेको सुक्ष्म ज्ञान र देश विकासको दृष्टिकोणले प्रभावित बनाएको बताइन्छ ।
पछिल्लो ९ वर्षमा भारतमा प्रधानमन्त्रीको मनको बात हरेक महिना १२ प्रतिशतले रेडियोमा, १५ प्रतिशतले टेलिभिजनमा र ३७ प्रतिशतले इन्टरनेटको माध्यमबाट सुन्ने र हेर्ने गरेको एउटा अध्ययनले बताएको छ ।
टिप्पणीहरू