नयाँ दिल्लीबाट काठमाडौं आएका भारतीय जर्नेल पोखराबाट भैरहवा
गत मंगलबार नेपाल आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रेम एस शेखावत आज भैरहवा पुगेका छन् । उनी पोखराबाट बुद्ध एअरको उडानमा भैरहवा गएका हुन् ।
मंगलबार दिउँसो एअर इण्डियाको उडानमा काठमाडौं ओर्लिएका शेखावत पोखरा घुम्न गएका थिए । पोखराबाट भैरहवासम्म उनी आज दिउँसो १ बजे बुद्ध एअरको उडानमा गएका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय जर्नेल बा.२१ च ९१४० नम्बरको सवारी साधनमा बाहिरिएको स्रोतले बतायो ।
आजै राति पौने ८ बजे उनी बुद्ध एअरको उडानमा काठमाडौं फर्केका छन् । त्यसअघि उनी स्थलमार्गबाट स्वदेश फर्केको आकलन गरिएको थियो ।
टिप्पणीहरू