‘टाई’ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई महानगरको अनुरोध
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाई’ अनिवार्य नगर्न अनुरोध गरेको छ ।
महानगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई बिहीबार परिपत्र गर्दै महानगरपालिकाले कुनैपनि कक्षामा टाई अनिवार्य नगर्न अनुरोध गरेको हो ।
परिपत्रमा भनिएको छ, ‘महानगरपालिका शिक्षा समितिको गत चैत २८ गतेको निर्णयानुसार काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’
महानगरपालिकाका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार टाइ लगाउँदा बालबालिकालाई असहज महशुस हुने गरेको गुनासो अभिभावकबाट आएपछि सो निर्णय गरिएको हो ।
टिप्पणीहरू