मीटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मीटरब्याज समस्या सम्बोधनको निम्ति अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले पहिलो अध्यादेशका रुपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकले मीटरब्याजीसँग सम्बन्धित समस्…