मीटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश जारी

मीटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मीटरब्याज समस्या सम्बोधनको निम्ति अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले पहिलो अध्यादेशका रुपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गर्नुभएको हो । 

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकले मीटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिने अध्यादेश राष्ट्रपति पौडेलसमक्ष पठाउने निर्णय गरेको थियो ।

संसद् चलिरहेको समयमा विधेयकमार्फत कानुन संशोधन गर्न खोजिए पनि त्यसलाई लामो प्रक्रिया लाग्ने भएपछि पीडितका माग तत्काल सम्बोधन गर्न सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको हो । 

अध्यादेश जारीसँगै अब मीटरब्याज पीडितहरुको समस्या समाधान गर्ने कानुनी व्यवधान फुक्ने विश्वास लिइएको छ ।

टिप्पणीहरू