पत्रकारको नयाँ सदस्यतासँगै नवीकरण खुल्यो
नेपाल पत्रकार महासंघले सदस्यता खुलाएको छ । महासंघले आज नयाँ सदस्यताका लागि आवेदनसँगै नवीकरणको तालिका सार्वजनिक गरेको हो ।
महासंघका अनुसार बैैशाख २५ गतेभित्र सबै सदस्यको नाम प्रकाशन गरिनेछ । सदस्यहरुले जेठ २५ गतेभित्र आफ्नो व्यक्तिगत विवरण बुझाएर सदस्यता नवीकरण गर्नुपर्नेछ ।
प्रदेशले आवश्यक निर्णयसहित जेठ ३० गतेभित्र केन्द्रमा नवीकरण सूची पठाइसक्नुपर्ने महासंघले जनाएको छ । त्यस्तै, नवीकरण भएका नाममा चित्त नबुझेमा असार १० गतेभित्र उजुरी दिनुपर्ने छ ।
प्रदेशले उजुरी आह्वान र सुनुवाइसहित असार २५ गतेभित्र विवरण केन्द्रमा पठाउनुपर्नेछ । यता, नयाँ सदस्यताका लागि जेठ १० गतेसम्म पत्रकारहरुले आफूले चाहेको शाखामा आवेदन दिन सक्नेछन् ।
नेपाल पत्रकार महासंघको विधानको दफा ५ को उपदफा ८ बमोजिम महाधिवेशनभन्दा छ महिना पहिले नवीकरण भएका वा सदस्यता कायम भएकाले मात्र आउँदो महाधिवेशनमा भाग लिन पाउने स्पष्ट पारिएको छ ।
टिप्पणीहरू