सशस्त्र प्रहरी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल
सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु आर्यालसमेत सहभागी सशस्त्र प्रहरी बलको टीमले सो खेलमा सञ्चारकर्मीको टीमलाई पराजित गरेको बताइएको छ ।
प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलको विषयमा सञ्चारकर्मीले राख्दै आएका जिज्ञासाबारे प्रष्ट पारेका छन् । उनले आफ्नो संगठनभित्रको सरुवा र बढुवामा राजनीतिक हस्तक्षेप नभएको दाबी गर्दै सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृति हटाइएको उल्लेख गरे । सशस्त्रका प्रवक्ता एवम् वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले अघिल्लो वर्ष संगठनबाट सम्पन्न काम कारबाही उल्लेख गर्दै भावी योजनाहरुसमेत अन्तिम चरणमा पुगेको जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत उच्च अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू