अमेरिकी राजदूतद्वारा प्रदेशमन्त्रीसँग सोधनी ‘तपाईंको प्रदेश किन पछाडि पर्यो ?’
नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवासँग भेट गर्नुभएको छ । उहाँहरुबीच आज धनगढीमा भेटवार्ता भएको बताइएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको मन्त्रालयले जनाएको छ । राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम विकासमा पछाडि पर्नुको कारणबारे चासो राखेको बताइएको छ ।
राजदूत थम्पसन आज बिहान काठमाडौंबाट धनगढी जानुभएको हो । उहाँले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको अनुगमन गर्ने र नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि राखिएको छ ।
टिप्पणीहरू