बेलायत र भारतको संयुक्त सैन्य अभ्यास शुरु

बेलायत र भारतको संयुक्त सैन्य अभ्यास शुरु

भारत र बेलायतको संयुक्त सैन्य अभ्यासको ७ औं संस्करण शुरु भएको छ । ‘अजेया वारियर–२३’ नाम दिइएको उक्त अभ्यास  बेलायतको सालिसबरी प्लेन्समा थालिएको बताइएको छ । 

अस्तिदेखि प्रारम्भ भएको सैन्य अभ्यास मे ११ सम्म हुनेछ । भारतीय रक्षा मन्त्रालये द्विवार्षिक प्रशिक्षण अभ्यास यसअघि २०२१ को अक्टोबरमा भारतको उत्तराखण्डमा भएको थियो ।

यस पटकको अभ्यासमा बेलायतको रोयल गोर्खा राइफल्स र भारतीय सेनाको बिहार रेजिमेन्टका सैनिक सहभागी छन् । भारतीय टोली भारतीय वायुसेनाको सी–१७ विमानमा आफ्नै हतियार र उपकरण लिएर बेलायत गएको हो ।

अभ्यासको उद्देश्य दुई सेनाबीच अन्तर–सञ्चालनशीलता, सौहार्दता र मित्रतालाई बढावा दिनु रहेको बताइएको छ । अभ्यासमा बटालियन स्तरका कमाण्ड पोष्ट एक्सरसाइज र कम्पनी स्तरको फिल्ड ट्रेनिङ एक्सरसाइज समावेश गरिएको छ । 

रक्षा मन्त्रालयको प्रेस विज्ञप्तिमा यो अभ्यास भारतीय सेना र बेलायती सेनाबीचको रक्षा सहयोगमा महत्वपूर्ण कोसेढुङ्गा रहेको उल्लेख छ ।

टिप्पणीहरू