आज बेलायत गएका सचिवहरु शुक्रबार फर्कने
बेलायतसँग द्विपक्षीय वार्ता गर्न उच्चस्तरीय टोली लण्डन प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नेतृत्वमा छ सदस्यीय टोली आज त्यसतर्फ गएको बताइएको छ ।
नेपाल र बेलायतबीचको द्धिपक्षीय परामर्श संयन्त्र (बीसीएम) को बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोली गएको हो ।
टोलीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे, सहसचिव आलोकचन्द्र श्रेष्ठ, उपसचिव हरिप्रसाद ओडारी र उपसचिव सोना श्रेष्…