विनोद चौधरीको पैसामा जो बिके
ललितपुर महानगरपालिका १, कुपण्डोलस्थित समिट होटल भत्काएर नयाँ लक्जरियस अपार्टमेण्ट होटल निर्माणको क्रममा स्थानीयको आधा दर्जन घर क्षतिग्रस्त हुने गरी चौधरीसँग मिलेर आफ्नै मतदातामाथि अत्याचार थोपर्नेहरुको पर्दाफास भएको छ ।
डलर अर्बपति विनोद चौधरीको ३० प्रतिशत र युनिलिभर नेपालका साझेदार तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलगायतको स्वामित्वमा बनाउन लागिएको अपार्टमेण्टको नक्सा निर्माण क्रममै विवाद थियो । मापदण्ड संशोधन गरेर सहरी विकास मन्त्रालयबाट गत जेठमा उक्…