राँगा तस्करीमा सशस्त्र प्रहरीको रहस्यमय मौनता
सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल आफैंले तस्करीलाई प्रोत्साहन गर्दा सुरक्षा संयन्त्रबीच नै समस्या पैदा भएको छ । केही समयदेखि सुरक्षा संयन्त्रको टाउको दुखाई बनेको राँगा तस्करी नियन्त्रणको साटो थप नयाँ नाकाहरुबाट यसको कारोबार चल्न थालेपछि ुसशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच मतभेद देखिएको छ ।
जिल्लाका हाइप्रोफाइल नेता र सुरक्षा सञ्जालसँग निकट रहेकाहरुको लगानी भएको भनिएको राँगा तस्करी नियन्त्रणमा सुरक्षाकर्मीहरु एक अर्कालाई आरोप लगाएर उम्कँदै आएका छन् । तर सशस्त्र प्रहरीको अन्तर्राष्ट्रि सीमानामा रहेका बोर्डर आउट पोष्ट अगाडीबाटै अवैध राँगाको लस्कर नेपालतर्फ भित्रँदा समेत कुनै चासो नदेखाएपछि आशंका बढेको बताइन्छ ।
विगतमा खुला सीमानाबाट आउने राँगा अहिले हाकाहाकी सशस्त्र चेकपोष्टबाटै आउन थालेपछि अचम्म मानिएको छ । सरकारले तीन वर्षअघि नै राँगा, खसिबोका आयातमा कडाई गरेपछि यसको तस्करी हुन थालेको हो । भारतको सिद्र्धाथनगरको हरदौना, कुशहवा बढ्नी, लोहटी, भिल्मी, बगही, कुकुरभुकवा, सिर्सिहवाबाट साताको तीन दिनमा झण्डै १ करोड बढीका राँगा भित्रने गरेको छ । ‘प्रत्येक नाकाबाट दैनिक १ सयदेखि २ सय राँगा भित्रन्छन्, हामीले सशस्त्रलाई रोक्न अनुरोध गर्दा माथि कुरा गर्नुस भन्छन्,’ नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् ।
यसरी हुन्छ तस्करी
प्रहरीले रागाँ तस्करी नियन्त्रणमा आफुले प्रयास गरे पनि विवाद मात्र सिर्जना हुदै आएको बताएको छ । ‘सीमामा हामी छैनांै, नेपाल प्रवेश गरेपछि कुन रागाँ भारतीय हो कुन नेपाली भन्ने छुट्याउने आधार नै छैन । किसानले मेरो भनेपछि रोक्न सकिँदैन, सीमानामा कडाई नभएपछि हाटबजारमा कसरी रोक्ने,’ एक प्रहरी अधिकृतले भने ।
ठूलो परिमाणमा हुँदै आएको राँगा तस्करी नियन्त्रणको मुख्य तह र निकायको रुपमा रहेको सशस्त्र प्रहरी बलले अनभिज्ञता देखाउँदै आएको छ । २८ नम्बर गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख एसपी जीवन केसीले थाहा नभएको बताए । ‘यसबारे के रहेछ म बुझ्छु,’ उनले भने ।
टिप्पणीहरू