सशस्त्र प्रहरीको फेसबुक पेज फेरि ह्याक

सशस्त्र प्रहरीको फेसबुक पेज फेरि ह्याक

सशस्त्र प्रहरी बल (एपीएफ) को आधिकारिक फेसबुक पेज पुनः ह्याक भएको छ । आज बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिएका छन् । 

‘एक्कासी बिहानदेखि समस्या आयो । पेज केही समयअघि भियतनामी भाषामा समेत परिवर्तन भयो,’ उनले भने, ‘हाल पेज डिएक्टिभेट गरिएको छ ।’ प्रवक्ता खड्काले यसअघिको ह्याक पूर्णरुपमा रिकभर नभएको जनाउँदै रिकभरको क्रममा रहँदा उक्त समस्या आएको जनाए । 

यसअघि चैत २८ गते पनि उक्त फेसबुक पेज ह्याक भएको थियो ।

टिप्पणीहरू