चितवनमा १२ घण्टा यातायात सञ्चालनमा रोक

चितवनमा १२ घण्टा यातायात सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालयले उपनिर्वाचनका कारण चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाएको छ । भोलि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अत्यावश्यक बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको बताइएको छ । 

गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम उक्त निर्णय गरिएको हो । तर अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दमकललगायत सवारी साधनहरु सञ्चालनमा कुनै अवरोध नहुने जानकारी दिइएको छ ।

टिप्पणीहरू