कोरियन एअरले लिँदै आएको दोब्बरबढी भाडाबारे पर्यटनमन्त्रीको सोधखोज

कोरियन एअरले लिँदै आएको दोब्बरबढी भाडाबारे पर्यटनमन्त्रीको सोधखोज

वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने नेपाली यात्रुसँग महँगो हवाई भाडा लिएको सम्बन्धमा सरकारले इपिएस कोरियासँग जवाफ मागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इपिएसलाई जवाफ लेखेर पठाउन पत्र लेखेको छ ।

मन्त्री सुदन किरातीले श्रम मन्त्रालयमार्फत यसबारे इपिएसलाई ६ वटा प्रश्नको जवाफ पठाउन भनिएको जानकारी दिनुभयो । उहाँका अनुसार इपिएससँग कोरियन एयरमा कोरिया जाने टिकटको लागत के कति हो ? भनेर सोधिएको छ । 

त्यस्तै, टिकटबाट प्रतिव्यक्ति नाफा कति ? र कति प्रतिशत बढाउन पाउने नियम छ ? भनेर पनि सोधिएको बताइन्छ । कोरियन एयरले हालसम्म एकलौटी कति यात्रु बोके भनेर पनि प्रश्न सोधिएको मन्त्री किरातीले जानकारी दिनुभयो ।   

उहाँका अनुसार समग्रमा हालसम्मको टिकट बजेटबारे इपिएससँग जवाफ मागिएको हो । त्यसैगरी कोरियन एयरले १ लाख ८५ हजार रुपैयाँ भाडा लिने गरेकोमा ट्रान्जिट भएर जाँदा अन्य विमान कम्पनीबाट ७० हजार मात्र भाडा लाग्ने गरेको विषयमा पनि इपिएसलाई जवाफ पठाउन मन्त्रालयले भनेको छ ।

टिप्पणीहरू