भारतीय प्रधानमन्त्रीको कुरा फेरि किन दोहोरियो ?

भारतीय प्रधानमन्त्रीको कुरा फेरि किन दोहोरियो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान बुध्द भारतकै भएको धारणा राख्नुभएको छ । उहाँले नयाँ दिल्लीमा आयोजित ग्लोबल बौध्द शिखर सम्मेलन उद्घाटनको क्रममा बोल्दै ‘भारतले विश्वलाई युध्द होइन,बुध्द दिएको’ उल्लेख गर्नुभयो । 

गत बिहीबार आयोजित सम्मेलनको उद्घाटन सत्रमा उहाँले आधुनिक संसार र बुध्द धर्मको सान्दर्भिकताबारे बोल्दै भन्नुभयो ‘बुध्दको मार्ग नै भविष्य र स्थिरताको मार्ग हो । अहिले विश्व युध्द र अस्थिरताबाट गुज्रिरहेको छ । त्यसैले भारतले विश्वलाई युध्द दिएको होइन,बुध्द दिएको छ ।‘

प्राध्यापक रोबर्ट थर्मन, पद्मश्री भूषणप्राप्त भियतनामको बौद्ध संघका उपकुलपति थिच ट्राइ क्वाङलगायतको उपस्थितिमा उहाँले भारतले बुद्ध दिएको धारणा राख्नुभएको हो । केही वर्षअघि उहाँले संयुक्त राष्ट्र संघको सभालाई सम्बोधन गर्ने क्रममा पनि सोही धारणा राख्नुभएको थियो ।

तर,गौतम बुध्दको जन्म नेपालको लुम्बिनीमा भएको हो । त्यसपछि बुद्धत्वप्राप्ति भारतको बोधगयामा र महापरिनिर्वाण पनि भारतीय भूमि कुशीनगरमा भएको थियो । तर अन्तर्राष्ट्रिय कार्यक्रममा भारतीय अधिकारीहरुले सोलोडोलो गौतमबुध्दलाई भारत र भारतीयको रुपमा प्रस्तुत गर्ने गरेको पाइएको छ ।

टिप्पणीहरू