सन्दीपको मुद्दा ढकाल श्रीमानले हेर्ने, फैसला आजै

सन्दीपको मुद्दा ढकाल श्रीमानले हेर्ने, फैसला आजै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ ।

काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलका लागि न्यायाधीश ढकालको इजालसमा पेशी ताेकिएकाे हो । पेशी चौथो नम्बरमा छ । 

अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भएपछि आजै फैसाला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेमाथि उमेर नपुगेकी किशोरी बलात्कारको अभियोग छ । यसअघि यो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै उनी पूर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा छाडेको थियो । 

सन्दीप जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।

टिप्पणीहरू