गिट्टीको थुप्रोमा मान्छेको टाउको, कुकुरले लुछ्न थालेपछि पुलिसको दौडादौड

बैतडीमा कुकुरले लुछ्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको छ । सदरमुकाम पाटनको तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिटीको थुप्रोबाट कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको हो । 

गिटीको थुप्रोबाट कुकुरले टाउको घिसार्दै लगेको खबर आएपछि प्रहरी घटनास्थलमा गएको बैतडीका प्रहरी निमित्त प्रहरी प्रमुख लोकराज जोशीले बताए । 

घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको र उक्त गिटी कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

टिप्पणीहरू