‘आइफोन काण्ड सुनियोजित प्रचार’

‘आइफोन काण्ड सुनियोजित प्रचार’

आईफोन काण्ड सम्बन्धी समाचारमा मुछिएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीका गुल्मपतिले आफू र आफूविरुद्ध प्रकाशित समाचार झुठो भएको बताएका छन् । बैशाख १४ गते जनआस्था डटकममा प्रकाशित समाचारको खण्डन गर्दै उनले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

केही व्यक्तिले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले मनगढन्ते कथा बुनेर समाचार लेखेको उनको दाबी छ । ‘एकै दिनमा एउटै समाचार एकै व्यक्ति वा समूहले विभिन्न सञ्चारमाध्यममा प्रकाशन गर्नुले पनि कुत्सित उद्देश्य प्रष्ट हुन्छ,’ उनले भने । 

आफ्नो र संगठनको इमान्दारिता, व्यावसायिकता र साधुआत्मामा दाग लगाउने उद्देश्यले समाचारको कथा बुन्नेहरुविरुद्ध उनले कडा रोष व्यक्त गरेका छन् । गलत समाचार लेख्नुअघि आफ्नो विगत बुझ्न उनले सम्बन्धितलाई चुनौती दिएका छन् ।

जनआस्थामा ‘चार लाखमा २४ वटा आईफोन १४ प्रो म्याक्स !’ शीर्षकमा समाचार प्रकाशित भएकोे थियो । जसमा अवैध तवरले आईफोन नेपाल भित्र्याउने नाममा भैरहवामा सुरक्षाकर्मीहरुले चार लाख रुपैयाँ घूसमा सबै व्यवस्था मिलाएको उल्लेख थियो ।

इमान्दारलाई बेइमान र बेइमानलाई इमान्दार बनाउने खेलमा नलाग्न उनले हार्दिकतापूर्वक सम्बन्धित सबैलाई अनुरोध पनि गरेका छन् ।

यो पनि...

​​​​​​​1. चार लाखमा २४ वटा आईफोन १४ प्रो म्याक्स !

टिप्पणीहरू