दुर्गा प्रसाईं ‘मार्सी’ माथि दुरुत्साहन मुद्दा आकर्षित हुनसक्ने

दुर्गा प्रसाईं ‘मार्सी’ माथि दुरुत्साहन मुद्दा आकर्षित हुनसक्ने

बैंक तथा वित्तिय संस्था परिसंघ (सिबिफिन) ले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको साँवाब्याज नतिर्न दुरुत्साहन गर्नेविरुद्ध मुद्दा चलाउने चेतावनी दिएको छ । 

परिसंघले ऋण नतिर्न दुरुत्साहन गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाविरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने चेतावनी दिएको हो छ । 

त्यस्तै, बैंक तथा वित्तिय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, संस्थाको साख गरिमा, विश्वासनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुप्याउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलाप गर्नेविरुद्ध पनि उजुरी दिने परिसंघले आज प्रकाशित विज्ञप्तिमा जनाएको छ । 

परिसंघले बैंक तथा वित्तिय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको निम्ति प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्नका साथै जस्तोसुकै कठोर कदम चाल्न पनि प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तिय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तिय संस्थाको साख गरिमा, विश्वासनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुप्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक वित्तिय संस्थाहरुबाट लिएको कर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्नेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुकाविरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानूनको अधीनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने जानकारी गराइन्छ ।’

केही समययता बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान नै चलेको छ । बैंकबाट अर्बौं ऋण लिएको भनिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सीले उक्त अभियानको अगुवाई गरेका छन् । राजसंस्था फर्काउने नाममा देशव्यापी ‘ऋण मोचन’ अभियान चलाइरहेका मार्सीले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमाथि कालोमोसो दल्न समिति नै गठन गरेको आरोप छ ।

टिप्पणीहरू