बंगलादेशका श्रीमानहरु ढाका उडे

बंगलादेशका श्रीमानहरु ढाका उडे

काठमाडौँमा सम्पन्न वनजंगल, संरक्षित क्षेत्र र कानुन सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिएर बंगलादेशका न्यायाधीशहरु स्वदेश फर्किएका छन् । 

बंगलादेशको पुनरावेदन अदालतका न्यायाधीशसहित तीन सदस्यीय टोली आज दिउँसो ढाका प्रस्थान गरेको हो । विमान बंगलादेशको उडान नम्बर बिजी-३७२ मा न्यायाधीशहरु मोहमद नुरुजामान, डा. बेगम जेबुनेसा, र ह्सिनुर रहेमान दिउँसो १ बजे ढाका उडेको बताइएको छ । 

बिहीबारदेखि शनिबारसम्म चलेको तीनदिने सम्मेलनमा भाग लिन भारत, पाकिस्तान र श्रीलंकाका न्यायाधीशहरु पनि काठमाडौँ आएका थिए । उनीहरु हिजै स्वदेश फर्किएका छन् ।

टिप्पणीहरू