पहिरोले थुनिएको अरुण नदी बग्न थाल्यो
आज बिहान सुख्खा पहिरोपछि थुनिएको अरुण नदी झण्डै आठ घण्टापछि बग्न थालेको छ । अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि नदी थुनिएको थियो । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो परियोजना निर्माणको क्रममा बनाइएको २६ मिटर अग्लो बाँधमा पानी भरिएपछि माथिबाट पोखिएर नदी बग्न थालेको बताइएको छ ।
प्रहरीका अनुसार पानी जमेपछि बाँध वरपर दुई किलोमिटर लामो ताल बनेको छ । सुक्खा पहिरो झर्ने क्रम रोकिएको छैन । नदी किनार र तल्लो तटका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
टिप्पणीहरू