घाम नलागेपछि पूर्वराजाको नागरिक अभिनन्दन ‘क्यान्सिल्ड’
पूर्वराजा ज्ञानेन्द्र शाहको आज जुम्लामा हुने भनिएको नागरिक अभिनन्दन रोकिएको छ । मौसम खराबका कारण जहाज उड्न नसकेपछि अन्तिम समयमा कार्यक्रम स्थागित गर्नुपरेको बताइएको छ ।
पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले मौसम प्रतिकूलताका कारण जहाज उड्न नसक्दा जुम्लाको भ्रमण बाध्यतावशः स्थगित हुन गएको बताए ।
कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण र नागरिक अभिनन्दन थाप्न शुक्रबार सपरिवार बाँके पुगेका पूर्वराजा ज्ञानेन्द्र अहिले नेपालगञ्जमा छन् । आज जुम्लाको सदरमुकाम खलङ्गा पुगेर नागरिक अभिनन्दनमा सहभागी हुने तयारी थियो ।
राजावादीहरुले ज्ञानेन्द्रको सम्मानमा पर्सि नेपालगञ्जको बागेश्वरी मन्दिरमा महाआरती उतार्ने र २० गते रामलीला मैदानमा भव्य कार्यक्रमका बीच नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
टिप्पणीहरू