मल्टिमिडिया

कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन थालियो ( भिडियो)

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाउन शुरु गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोपकेन्द्रहरु मार्फत् लगाउन शुरु गरिएको हो । भेरोसेल खोप लगाउन ३२ वटै वडामा खोपकेन्द्र सञ्चालन गरिएको काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । उहाँले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरी खोप लगाउन र खोप लगाइसकेपछि…