मल्टिमिडिया

बनेपाको सडकमै सय जनालाई उठबस

निषेधाज्ञाको समयमा लापरबाही गर्नेहरूलाई प्रहरीले ठाउँको ठाउँ कारबाही गरेको छ । काभ्रेका एसपी भूपेन्द्र खत्रीका अनुसार, बारम्बार सम्झाउँदा नटेर्नेहरूलाई आज बनेपाको सडकमा उठबस गराइएको हो । जिल्लाको दुई स्थानमा ४७ र ५७ गरी १ सय ४ जनालाई आज उठबस गराइएको छ । आज उठबस गर्ने सबै पुरुष रहेको पनि खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘महामारी बढिरहेको बेला लापरबाही गर्नेहरूलाई प्रहरीले सानो र व्यवहारिक सजाय दिएको हो । महामारी बढिरहेको समयमा बनेपामा ४ ट्राफिकसहित १ प्रहरी नायव …