चीनका जंगलमा जताततै चितुवा
चीनमा पछिल्लो समय जंगली जनावरको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । धेरै वटा आरक्षण र निकुञ्जको स्थापनासँगै संरक्षित जनावर र चराचुरुङ्गीको संख्या बढेको बताइएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उत्तर पश्चिम चीनको कान्सु प्रान्तस्थित प्राकृतिक आरक्षमा चितुवाको संख्या बढेको हो । लङडोङ विश्वविद्यालयको अनुसन्धान टोलीले आरक्षमा ४५ वटा चितुवा फेला पारेको बताइएको छ ।
गत वर्ष सोही क्षेत्रमा अनुसन्धानको क्रममा ३९ वटा चितुवा भेटिएको थियो । एक वर्षको अवधिमा छ वटा चितुवा थप…