पौभा चित्रको सिप नयाँ पुस्तामा हस्तान्तरण जरुरी
‘पौभा’ नेवार जातिको मौलिक परम्परागत चित्रकला हो । पौभा चित्रकलामा विशेष कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्र बनाइन्छ । धार्मिक पुस्तकमा उल्लेखित उपदेश, कथाको अध्ययन गरेर तिनलाई प्रतिकको रुपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभामा उतारिन्छ ।
पौभा कलाकार लोक चित्रकार पौभा चित्र नेपाली संस्कृतिको मौलिक र जीवित सम्पदा रहेको बताउँछन् । उनका अनुसार पौभामा विभिन्न दर्शनलाई चित्रमार्फत प्रतिकात्मक वस्तुका रुपमा अभिव्यक्त गर…