अर्को काण्डमा पनि उपसभामुख आरोपित
दुई हजारभन्दा बढी बालबालिका हुर्काइबढाई गरिसकेको बताउने उपसभामुख इन्दिरा रानामगरले सभामुख र संसद सचिवालयलाई जानकारी नगराई बाहिरका मान्छेसहित वैदेशिक भ्रमणका लागि भिसा आवेदन दिएको चर्चा सेलाउन नपाउँदै अर्को गल्ती फेला परेको छ । जुन अघिल्लो काण्डभन्दा पनि गम्भीर छ ।
२०७२ सालको महाभूकम्पले बाल मन्दिरको भवन भत्किएपछि उनले पालनपोषण गर्ने भन्दै पाँच जना बालिका लगेकी थिइन् । कतैबाट इजाजत नलिइकन सुटुक्क लगिएका ती बालिका कहाँ छन् ? अत्तोपत्तो छैन । रानामगरले ‘प्रिजनर्स…