पालमा पो भेटिए प्रधानमन्त्री
यसपालिको होली ठिटाठिटीले कन्सर्टमा उफ्रिएर, सडकमा रंग दल्दै भौंतारिएर मनाए । तर, देशका कार्यकारी प्रमुखको फागुपूर्णिमा कसरी बित्यो ? यो जिज्ञाशा तपाईंहरू सबैको हुन सक्छ । कहिले पात्ले वन, कहिले हात्तीवन रिसोर्ट त कहिले सुकुटे पुग्ने उनी यसपालि चाहिँ इन्द्र सरोबर कुलेखानी पुगे । शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट ११ वटा गाडीमा प्रधानमन्त्रीको टोली मुभ भयो । साथमा छोरा, बुहारी, छोरी, नाति–नातिना गरी ५२ जना थिए । बाटोमा झरी छिचोल्दै मानेभञ्ज्याङ, फाखेलको बाटो भए…