विश्व सेरोफेरो
साम्राज्य जित्नेलाई दिल जित्न सास्ती
भारतमा मुगल साम्राज्यको जग बसालेका बाबरको वास्तविक नाउँ जहिरुद्दिन मोहम्मद हो । तैमुर वंशका । राजा तैमुर (सन् १३३६–१४०५) तुर्क–मंगोल थिए । उज्बेकिस्तानको केशमा जन्मेका उनले पर्सिया (इरान) देखि मध्यएसियासम्म राज गरे । बाबरकी आमा कुतलघ निगार खानुम मंगोल सम्राट चंगेज खाँको वंशकी थिइन् भने बाउ उमर शेख मिर्जा फरगनाका शासक । फरगना उपत्यका पूर्वी उज्बेकिस्तानमा पर्छ । उज्बेकिस्तान, किर्घिजस्तान र ताजिकिस्तानको सीमामा । बाबर पाँच वर्षको हुँदा बिहे समरकन्द र बुखाराका रा…